|
|
२०८२ माघ १८
1.2k views
ललितपुर - ललितपुर – आइतबार देशभर मौसम प्रायः स्थिर रहने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही भू–भागमा भने हुस्सु तथा कुहिरो लाग्ने सम्भावना देखिएको छ।
महाशाखाले जनाएअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। कोशी प्रदेशलगायत अन्य हिमाली क्षेत्रहरूमा पनि आंशिक बदली रहन सक्नेछ भने देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।
यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको मौसमविद्हरूको अनुमान छ।

बिजनेस पाटी