२०८२ चैत्र २१ | Apr 04, 2026

वायु प्रदूषण उच्च, प्रहरीद्वारा सुरक्षा सुझाव जारी

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २७
|
663 views

ललितपुर – प्रहरी प्रधान कार्यालयले काठमाडौंसहित देशका प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर जोखिमपूर्ण रूपमा बढेको उल्लेख गर्दै सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले प्रदूषण बढेकाले आज सार्वजनिक सूचना जारी गरिएको र आफ्नै स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन अनुरोध गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल प्रहरीले छ बुँदे मार्गदर्शन जारी गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सर्वसाधारणलाई अनुरोध गरेको छ । त्यस्तै, सकेसम्म सवारीसाधन कम प्रयोग गर्न, समूहमा मिलेर वा एक आपसमा ‘लिफ्ट’ लिएर यात्रा गर्न, वरिपरि आगो नलगाउन र फोहर नजलाउन, वायु प्रदूषण उच्च भएको बेला घरबाहिर गतिविधि नगर्न प्रहरीले सुझाएको छ ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासमा समस्या भएका व्यक्तिले थप सतर्कता अपनाउनुपर्ने बताउँदै प्रहरीले नियमित मास्क प्रयोग अनिवार्य हुने पनि उल्लेख गरेको छ । श्वासप्रश्वासमा समस्या देखिएमा नजिकैको अस्पताल, स्वास्थ्य केन्द्र वा चिकित्सकसँग तुरुन्त सम्पर्क गर्न प्रवक्ता काफ्लेले अनुरोध गर्नुभयो ।

मौसममा आएको बदलीसँगै देशमा वायु प्रदूषणको मात्रा बढिरहेको छ । उपत्यका र अन्य सहरी क्षेत्रमा यसको प्रभाव बढी देखिएको छ । यसै कारण स्वास्थ्य मन्त्रालयले पनि सर्वसाधारणलाई स्वास्थ्य सुरक्षामा ध्यान दिन विशेष आग्रह गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया