पूर्वप्रधानमन्त्री भट्टराईद्वारा रास्वपा सभापति लामिछानेको मन्तव्यको प्रशंसा

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ४
|
510 views

ललितपुर - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज आफ्ना सांसदहरूलाई सम्बोधन गर्दै व्यक्त गरेको मन्तव्यको प्रशंसा गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उल्लेख गरेका छन्,

हालैको आमनिर्वाचनमा अत्यधिक जनमत प्राप्त गरेको रास्वपालाई सबैले आशा, ईर्ष्या र सतर्कतापूर्वक हेर्नु स्वाभाविक छ । यस सन्दर्भमा पार्टी सभापति लामिछानेद्वारा नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण गर्ने क्रममा व्यक्त विचार धेरै सकारात्मक छन् । पहिलो, फलेको हाँगो निहुरिन्छ र निहुरिनुपर्छ भन्ने हाम्रो लोकोक्ति राम्रोसँग झल्केको छ। त्यो कायम रहोस् ।

भट्टराईले थपे कि रास्वपाले पाएको प्रचण्ड जनमत कुनै एक पार्टी वा व्यक्तिलाई मात्र नभई समग्र नेपाली राजनीतिको पुनर्संरचना र पुस्तान्तरणको सन्देश हो ।

उनले भने,

“त्यसअर्थ पुराना दल र नेताप्रति प्रतिक्रियात्मक बन्नुभन्दा उनीहरूले ऐतिहासिक भूमिकाको सम्मान गर्दै प्राप्त उपलब्धिको रक्षा गरी देशको नयाँ भविष्य निर्माण गर्नु महत्वपूर्ण छ ।

 पात्रो/राशिफल  रेडियो YouTube