२०८२ चैत्र २२ | Apr 05, 2026

ग्लोबल साउथमा अनुसन्धान र नीतिमा महिलाको भूमिका विषयक वेबिनार सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ३
|
561 views

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल विकास अनुसन्धान प्रतिष्ठान (NDRI) ले व्यापार तथा आर्थिक अनुसन्धान केन्द्र (CBER) सँगको सहकार्यमा १२ मार्च २०२६ मा “ग्लोबल साउथमा अनुसन्धान र नीतिमा महिलाको भूमिका” सम्बन्धी अनलाइन प्यानल छलफल सम्पन्न गरेको छ ।

वेबिनारमा दक्षिण एसिया, युरोप र संयुक्त राज्य अमेरिकाका विश्वविद्यालय, अनुसन्धान संस्था र नीति संगठनका प्यानलिस्ट र विचारकहरू सहभागी थिए। उद्घाटन सत्रको संचालन जुन अहमद खानले गरेका थिए भने डा. एस. अकबर जैदी र डा. लुब्ना नाजले विचार व्यक्त गरेका थिए । नेपाल विकास अनुसन्धान प्रतिष्ठानबाट डा. मंजेश्वरी सिंह र डा. शिखा थापा मगरले विकास अनुसन्धानमा विशेषज्ञता प्रदान गरे ।

अन्तर्राष्ट्रिय प्यानलिस्टहरूमा स्ट्यानफोर्ड विश्वविद्यालयका डा. एलिस इभान्स, पर्ड्यू विश्वविद्यालयका डा. अतिनुके अदेबान्जी र प्रोफेसर लोरेटा फेवर चिजोमम न्तोइमो रहेका थिए । नीतिगत नेताहरूमा संघीय राजस्व बोर्डकी सदस्य अम्ब्रीन इफ्तिखार, सीईओ हेलानी गाल्पाया, जलवायु नीति पहलकी मनिका गुप्ता, नीति संवाद केन्द्र CPD बंगलादेशकी डा. फहमिदा खातुन, डा. यास्मीन सबीह काजी र नेपाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सबनम शिवाकोटी सहभागी थिए ।

IBA CBER बाट डा. नौशीन एच अनवर र डर्बी विश्वविद्यालयबाट डा. नाजनिन तबस्सुमले अर्थशास्त्र, शासन, जलवायु वित्त, कृषि, लिङ्ग र सामाजिक नीति सम्बन्धी बहुआयामिक संवाद प्रस्तुत गरे । प्यानलिस्टहरूले अनुसन्धान र नीतिमा महिलाहरूको सक्रिय भूमिका र सामाजिक चुनौतीबीचको सन्तुलनमा जोड दिएका थिए ।

वेबिनारले ज्ञान आदानप्रदान र क्षमता विकासको लागि नेटवर्क स्थापनामा बल दिएको छ । सहभागीहरूले भविष्यमा कराँची, पाकिस्तान वा काठमाडौँमा प्रत्यक्ष बैठकमार्फत सहकार्यलाई अझ सुदृढ बनाउने योजना रहेको बताए। फोरमले दीगो प्लेटफर्म स्थापना, ज्ञान साझेदारी र नवीन परियोजनाहरूको पाइलटिङ गर्ने लक्ष्य राखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया