बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी ‘बी–१ विमान’ हटाइए

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन १९
|
357 views

ललितपुर - अमेरिकाले सुरक्षा चिन्ताका कारण बेलायतस्थित सैन्य हवाई अड्डाबाट आफ्ना सबै अमेरिकी विमान फिर्ता अमेरिका पठाएको छ । हवाई अड्डामा सम्भावित आतंकवादी आक्रमणको योजना बनाइएको आशंकापछि यस्तो निर्णय गरिएको हो ।

अमेरिकी अधिकारीहरूका अनुसार करिब एक दर्जन विमान बेलायतमा तैनाथ थिए । अमेरिकी रक्षा मन्त्रालयले सबै विमान अमेरिकास्थित आफ्ना सैन्य अड्डामा फर्किसकेको पुष्टि गरेको छ ।

      बेलायती हवाई अड्डामाथि सम्भावित आक्रमणको योजना बनाएको आशंकामा छ जना संदिग्ध पक्राउ परेपछि अमेरिकी पक्षले सुरक्षा व्यवस्था पुनः मूल्याङ्कन गरेको हो । अमेरिकी र बेलायती अधिकारीहरूले सम्भावित आक्रमणको प्रयासलाई समयमै विफल पारिएको बताएका छन् ।

      अमेरिकी रक्षा मन्त्रालयले सैन्य सुरक्षाका कारण विमानहरूको आवतजावतबारे वास्तविक समयमा जानकारी सार्वजनिक नगरिएको जनाएको छ । अहिले सबै विमान फिर्ता भइसकेपछि मात्र यसको पुष्टि गरिएको हो ।

       पात्रो/राशिफल  रेडियो YouTube