बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज (चैत ५) अन्तिम दिन रहेको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत, अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो ।
सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात १ लाख ४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको छ ।
यसमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आईपीओको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘डबल बी प्लस’ (BB+) रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सी-आस्बा प्रणाली वा ‘मेरो शेयर’ अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया