|
|
२०८२ चैत्र १
765 views
ललितपुर - ललितपुर – बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि आईपीओ निष्काशन सुरु गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो ।
आईपीओ विवरण
- जारी पूँजी: १ अर्ब ४ करोड रुपैयाँ
- निष्काशन हिस्सा: २०% अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर
- स्थानीय बासिन्दाका लागि: १० करोड ४० लाख रुपैयाँ बराबरको १० लाख ४० हजार कित्ता
- अति प्रभावित क्षेत्र (सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३, ४): ५ लाख २० हजार कित्ता
- सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५, ६, ७, ११: ३ लाख १२ हजार कित्ता
- अन्य क्षेत्रका स्थायी बासिन्दा: २ लाख ८ हजार कित्ता
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि: १ करोड ५ लाख रुपैयाँ बराबरको १ लाख ४ हजार कित्ता
आवेदन विवरण
- न्यूनतम आवेदन: १० कित्ता
- अधिकतम आवेदन: १०,००० कित्ता
- आवेदन म्याद:
- आयोजनाको प्रभावित क्षेत्रका बासिन्दा: चैत १५ गतेसम्म
- वैदेशिक रोजगारीमा रहेका नेपाली: चैत ५ गतेसम्म
आवेदन प्रक्रिया
- शेयर निष्काशन तथा बिक्री प्रबन्धक: एनएमबि लिमिटेड
- स्थानीय बासिन्दा आवेदन:
- बिक्री प्रबन्धक कार्यालय
- नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्य भएका बैंक र वित्तीय संस्था तथा शाखा कार्यालय
- एनएमबि बैंक (सल्लेशी शाखा), लक्ष्मी सनराइज बैंक (सल्लेरी शाखा), ग्लोबल आइएमई बैंक (सोलुखुम्बु शाखा), प्राइम कमर्सियल बैंक (नेचा सल्यान शाखा)
- वैदेशिक रोजगारीमा रहेका नेपाली:
- सि–आस्बा प्रणालीमार्फत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट
- ‘मेरो शेयर’ अनलाइन सफ्टवेयरबाट पनि आवेदन दिन सकिने
यसरी बेनी हाइड्रोपावरले स्थानिय र वैदेशिक नेपाली दुवैका लागि आईपीओ आवेदन प्रक्रिया सुरु गरेको छ ।

बिजनेस पाटी