|
|
२०८३ भाद्र १६
204 views

ललितपुर - रसुवा बाढीबाट कोशी प्रदेशका १३ जिल्लाका १५९ जना व्यक्ति हालसम्म सम्पर्कमा नआएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार १३, इलामका नौ, पाँचथरका एक, ताप्लेजुङका दुई, मोरङका १७, सुनसरीका १६, धनकुटाका दुई, सङ्खुवासभाका तीन, भोजपुरका तीन, उदयपुरका १६, ओखलढुङ्गाका २५, खोटाङका १०, सोलुखुम्बू ४२ जना सम्पर्कविहीन छन् । उहाँका अनुसार हालसम्म पाँच जनाको उद्धार, २७ जना सम्पर्कमा आएका, एक जना उपचारमा रहेको तथा एक जना मृत फेला परेका थिए ।
बेपत्ता भएका नागरिक रसुवा, नुवाकोट, धाटिङलगायतका जिल्लामा रोजगारी, व्यापार, व्यवसाय, धार्मिक यात्रा तथा अन्य काममा सिलसिलामा रहेका बेला अचानक बाढीको चपेटामा परेका थिए ।

बिजनेस पाटी