पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सार्वजनिक सवारीको भाडा वृद्धि गरिएको छ । यातायात व्यवस्था विभागले आजदेखि अन्तरप्रदेशमा चल्ने गाडीको नयाँ भाडादर लागू गरेको जनाएको छ ।
विभागका अनुसार यात्रुवाहक सवारीमा ४.७० प्रतिशत, पहाडी मालवाहक सवारीमा ६.१५ प्रतिशत र तराईका मालवाहक सवारीमा ६.८३ प्रतिशत भाडा वृद्धि गरिएको छ ।
मध्यपूर्वमा बढ्दो तनावका कारण एसियाली मुलुकहरूमा पेट्रोलियम पदार्थ र ग्याँसको संकट देखिन थालेको छ। नेपालमा पनि आपूर्ति प्रभावित भएपछि नेपाल आयल निगमले चैत १ गतेदेखि इन्धनको मूल्य बढाएको थियो ।
नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ, डिजेल तथा मट्टितेलमा १० रुपैयाँ र एलपी ग्याँसमा प्रतिसिलिण्डर २१६ रुपैयाँ वृद्धि गरिएको छ ।
इन्धनको भाउ बढेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा वृद्धि गर्न माग गरेको थियो । सोही मागअनुसार विभागले भाडा समायोजन गरेको हो ।
यसअघि २०८० साउन ३१ गते पनि सार्वजनिक सवारीको भाडा वृद्धि गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया