ललितपुर -
सर्जक मनिष गहतराज र संगीत संयोजक निरज रास्कोटीको संयुक्त प्रयासमा तयार भएको भजन गीत ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक भएको छ ।
भक्तिभावले भरिएको यस गीतमा सलिना विक र नितेश विकको सुमधुर स्वर रहेको छ । यसअघि पनि सफल सहकार्य गरिसकेका मनिष र निरजले पुनः एकपटक दर्शक तथा श्रोतामाझ आध्यात्मिक सन्देश बोकेको उत्कृष्ट सिर्जना प्रस्तुत गरेका हुन् । गीतमा बाँसुरी, गितार र बास गितारको उत्कृष्ट संयोजनले सांगीतिक मिठास थपेको छ ।
भिडियो एनिमेसन गजुन थापा मगरले तयार गरेका हुन् भने थम्बनेल निर्मल पराजुलीले डिजाइन गरेका हुन् । गीतको मिडिया पार्टनरमा मोटे ग्याङ नेपाल र कुमार समशेर थापा रहेका छन् । यस परियोजनाको निर्माण WHITE WINGs Production House Pvt. Ltd. ले गरेको हो ।
भक्ति रसले भरिपूर्ण यस गीतले सम्पूर्ण दर्शक तथा श्रोताको मन जित्ने विश्वास गरिएको छ । निर्माण टिमले सबैलाई गीत हेरेर, सुनेर र सेयर गरेर साथ दिन अनुरोध गरेको छ ।
भिडियो लिंक: https://www.youtube.com/watch?v=fE95F23wmsQ

बिजनेस पाटी