भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ९
|
816 views

ललितपुर - किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन् ।

यहाँको मनमोहक दृश्यावलोकन अवलोकन गर्न र बरुवाल जातको भेडा फार्म हेर्न यहाँ नियमितरुपमा आन्तरिक तथा विदेशी पर्यटक आउने गर्छन् ।

    नुवाकोटको किस्पाङ गाउँपालिका–१ बरुवाल जातका भेडाको नश्ल सुधारको प्रमुख स्थल हो ।

    सरकारको राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय मातहतको यो केन्द्र समुद्री सतहबाट करिब दुई हजार मिटरको उचाइमा छ ।

      यहाँ पुग्न काठमाडौँबाट १०१ किमीको दूरी पार गर्नुपर्छ । स्रोत केन्द्रका नाममा ६६० रोपनी जमिन छ । बाँकी खर्क र पर्याप्त चरण क्षेत्र, यहाँ हाल तीन सय ५४ भेडा छन् ।

      स्रोत केन्द्रका कार्यालय प्रमुख डा श्यामकृष्ण तिवारीले भेडापालक किसान समूहलाई प्रजननका लागि मात्रै यहाँका भेडा बिक्री गरिने बताउनुभयो । 

      हाल नुवाकोटका दुई तथा धादिङ र रसुवाका चार किसान समूहले यहाँबाट प्रजननका लागि भेडाका पाठापाठी किनेर लाने गरेका छन् ।

      त्यसका लागि निश्चित विधि तोकिएको छ । किसान समूहको निवेदन र वडाको सिफारिसपछि स्रोत केन्द्रले राजस्व तिर्न लगाएर भेडा बेच्ने गर्छ । केन्द्रमा उत्पादन भएका भेडाका थुमा मागबमोजिम कृषकलाई बिक्री वितरण गरिन्छ ।

       पात्रो/राशिफल  रेडियो YouTube