सङ्खुवासभाको रिताक क्षेत्रमा भूकम्पको धक्का महसुस

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १०
|
306 views

ललितपुर - ललितपुर –  सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७ः३१ बजे ४.१ रेक्टरस्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु रिताक आसपास रहेको हो, तर हालसम्म मानवीय वा भौतिक क्षतिको जानकारी प्राप्त भएको छैन ।

यसअघि गत माघ २८ गते लमजुङ जिल्लाको बन्सार आसपास ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमाली क्षेत्र भएकाले बेला–बेलामा भूकम्पीय गतिविधि हुने गरेको विज्ञहरू बताउँछन् ।

 पात्रो/राशिफल  रेडियो YouTube