|
|
२०८२ चैत्र १६
51 views
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स र ब्रिज कोर्सका कक्षा बन्द गर्ने निर्णयसम्बन्धी सूचना वेबसाइटबाट हटाएको छ । मन्त्रालयले आइतबार विभिन्न कक्षा र उच्च शिक्षाका तहका इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने विज्ञप्ति निकालेको थियो ।
तर, शिक्षामन्त्री सस्मित पोखरेलले कक्षा १२ सम्म मात्र इन्ट्रान्स र ब्रिज कोर्समा रोक लगाउने निर्णय भएको सूचना सार्वजनिक गर्नु पछि, मन्त्रालयको प्रारम्भिक सूचना र मन्त्रीको निर्णयबीच विरोधाभास देखिएको भन्दै आलोचना सुरु भएको थियो ।
मन्त्रालयले २०८३ वैशाख १ देखि कक्षा पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको उल्लेख गरेको विज्ञप्ति प्रकाशित गरेको थियो ।निर्णयप्रति प्रशंसा र आलोचना दुवै भइरहेकाले २४ घण्टाभित्र मन्त्रालयले सूचना हटाएको हो । हालसम्म मन्त्रालयले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया