२०८२ फाल्गुन ६ | Feb 18, 2026

बिग बोस ओटीटी बन्द, अब टिभीमा मात्र प्रसारण

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ६
|
1.1k views

ललितपुर – १९ वर्षदेखि टेलिभिजनमा चर्चित भारतको रियालिटी शो ‘बिग बोस’ को ओटीटी संस्करण अब बन्द हुने भएको छ । निर्माताले ‘बिग बोस ओटीटी’ लाई अनिश्चितकालका लागि स्थगित गर्दै, अब केवल टेलिभिजनमा प्रसारण गर्ने निर्णय गरेका छन् ।

पहिला ओटीटीमा तीन सिजन आएको थियो ( सिजन १ करण जोहरको होस्टमा दिव्या अग्रवाल विजेता, सिजन २ सलमान खानको होस्टमा एल्भिस यादव विजेता, र सिजन ३ अनिल कपूरको होस्टमा सना मकबुल विजेता बनेकी थिइन् । चौथो सिजन अब रद्द भएको छ ।

निर्माताका अनुसार, टेलिभिजन र डिजिटल दुवैमा नियमित बिग बोस हेर्न सकिने भएपछि छुट्टै ओटीटी संस्करणको आवश्यकता छैन । दर्शकहरूले यस निर्णयलाई पनि समर्थन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया