१२ वर्ष लामो फिल्म करिअरमा ‘पूर्णबहादुरको सारंगी’ जस्ता ब्लकबस्टर फिल्म दिने विजय बराल अब गायनमा पनि पाइला टेक्नुभएको छ। कविता र साहित्यमा रुचि राख्ने विजयले आफ्नो पहिलो गीत ‘विधिको शासन’ युट्युबमा रिलिज गरेका छन् ।
रोचक कुरा के भने, गीतमा संगीत भरेका प्रशान्त शिवाकोटीले विजय अभिनित पुराना फिल्महरूमा पनि संगीत भरेका थिए । गीतले हालको राजनीतिक अवस्था, २३–२४ भदौको जेनजी आन्दोलन र यसले उठाएका मुद्दाका भावनालाई समेटेको छ । २०४६ सालको जनआन्दोलनदेखि पछिल्लो युवा विद्रोहसम्मको भावनालाई मनिष राउतको कन्सेप्ट अनुसार भिडियोमा वास्तविक तस्वीर र फुटेजसहित प्रस्तुत गरिएको छ ।
पहिलो गायन अनुभवबारे विजय भन्छन्, “मैले गाएको यो पहिलो गीत हो। गायक होइन, तर साथीहरूले हौसला दिनुभयो, त्यसलाई आत्मसात गर्दै प्रयास गरेको हुँ ।
उनी थप्छन्, “यो गीत व्यक्तिगत विरोध वा समर्थनको लागि होइन, सत्ता र प्रणालीमा गरिएको ब्यंग्य र चेतावनी हो। देशमा आशाको दियो कसरी बाल्न सकिन्छ भन्ने संदेश यसको मुख्य उद्देश्य हो ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया