सातदोवाटोमा महिलालाई ठक्कर दिने मोटरसाइकल र चालक फरार : खोजीमा सहयोग गर्न पीडित परिवारको अनुरोध

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ३१
|
102 views

ललितपुर - सोमवार सातदोवाटो बि एण्ड बि हस्पिटल नजिकै एक मोटर साइकिल ठक्करबाट बच्चा सहित स्कुटर चलाई रहेकी कृष्ण लक्ष्मी श्रेष्ठ र उनकी आठ बर्षकी नावालक छोरी घाइते भएकी छन् ।

बा७५प ८३९६नम्बरको स्कुटीलाई ठक्कर दिने मोटरसाइकल र चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । 

      दिउसो करिब साढे तीन बजेको उक्त दुर्घटनाको भिडियो फुटेज वा जानकारी घटनास्थल वरपर रहेका कसै सँग भएमा प्रहरीलाई उपलब्ध गराई सहयोग गर्न पीडित परिवारले अनुरोध गरेका छन् । 

      घाइते दुई जना मध्य छोरीको उपचार पछि डिस्चार्ज भएको छ भने आमाको उपचार बि एण्ड बि हस्पिटलमा भैरहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube