ललितपुर - सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेस बिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताउनुभएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उहाँले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेसलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा उल्लेख गर्नुभएको हो ।
मन्त्री तिमिल्सिनाका अनुसार सञ्चारमाध्यम केवल सूचना प्रवाहमा सीमित नभई राजनीति, प्रशासन, निजी क्षेत्र र समाजलाई जवाफदेही बनाउने महत्वपूर्ण संस्था हो । त्यसैले प्रेस स्वतन्त्रतासँगै उच्चस्तरीय जिम्मेवारी पनि आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वतन्त्र प्रेसले मात्र सुशासन र पारदर्शिता दिगो बनाउन सक्ने धारणा व्यक्त गर्नुभयो । साथै, तथ्यप्रतिको निष्ठा, व्यावसायिक मर्यादा र सार्वजनिक हितलाई समान महत्व दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
“प्रेसको विश्वसनीयताले नै लोकतन्त्रको विश्वसनीयता बलियो बनाउँछ,” सन्देशमा उल्लेख छ । वर्तमान डिजिटल युगमा फैलिँदै गएको गलत सूचना र सामाजिक सञ्जाल दुरुपयोगप्रति सचेत रहनुपर्ने आवश्यकता पनि उहाँले औंल्याउनुभयो ।
‘शान्तिपूर्ण भविष्यको निर्माणः मानवअधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन’ भन्ने नारासहित मनाइँदै गरेको दिवसले जिम्मेवार र विश्वसनीय पत्रकारिता अझ सुदृढ हुने विश्वास मन्त्री तिमिल्सिनाले व्यक्त गर्नुभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेस बिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उहाँले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेसलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा उल्लेख गर्नुभएको हो ।
मन्त्री तिमिल्सिनाका अनुसार सञ्चारमाध्यम केवल सूचना प्रवाहमा सीमित नभई राजनीति, प्रशासन, निजी क्षेत्र र समाजलाई जवाफदेही बनाउने महत्वपूर्ण संस्था हो । त्यसैले प्रेस स्वतन्त्रतासँगै उच्चस्तरीय जिम्मेवारी पनि आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वतन्त्र प्रेसले मात्र सुशासन र पारदर्शिता दिगो बनाउन सक्ने धारणा व्यक्त गर्नुभयो । साथै, तथ्यप्रतिको निष्ठा, व्यावसायिक मर्यादा र सार्वजनिक हितलाई समान महत्व दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
“प्रेसको विश्वसनीयताले नै लोकतन्त्रको विश्वसनीयता बलियो बनाउँछ,” सन्देशमा उल्लेख छ । वर्तमान डिजिटल युगमा फैलिँदै गएको गलत सूचना र सामाजिक सञ्जाल दुरुपयोगप्रति सचेत रहनुपर्ने आवश्यकता पनि उहाँले औंल्याउनुभयो ।
शान्तिपूर्ण भविष्यको निर्माणः मानवअधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन’ भन्ने नारासहित मनाइँदै गरेको दिवसले जिम्मेवार र विश्वसनीय पत्रकारिता अझ सुदृढ हुने विश्वास मन्त्री तिमिल्सिनाले व्यक्त गर्नुभएको छ ।

बिजनेस पाटी