इञ्जिनियरिङ स्नातकोत्तरलाई पनि बिमा प्राधिकरण नेतृत्वमा बाटो खुल्यो

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २३
|
204 views

ललितपुर - नेपाल बिमा प्राधिकरण को सञ्चालक समिति अध्यक्ष वा सदस्य बन्न अब इञ्जिनियरिङ विषयमा स्नातकोत्तर उत्तीर्ण व्यक्तिहरू पनि योग्य हुने भएका छन् ।

सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ मार्फत बिमा ऐन २०७९ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

      यसअघि अध्यक्ष वा सदस्य बन्न बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा स्नातकोत्तर उपाधि र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव अनिवार्य थियो। संशोधनपछि उक्त सूचीमा इञ्जिनियरिङ विषय पनि थपिएको छ ।

      साथै, अध्यक्ष वा सदस्य बन्न उच्च नैतिक चरित्र भएको र कानुनअनुसार अयोग्य घोषित नभएको हुनुपर्ने व्यवस्था भने यथावत राखिएको छ ।

      उक्त अध्यादेश हालै प्रमाणीकरण भइसकेको छ, जससँगै प्राधिकरणको नेतृत्व चयनमा विषयगत दायरा विस्तार भएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube