२०८२ चैत्र १५ | Mar 29, 2026

यस्तो छ आजकाे विदेशी मुद्राको विनिमयदर

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १२
|
459 views

ललितपुर – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६० पैसा, तथा स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ २ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४८ पैसा, तथा सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १ पैसा र बिक्रीदर २१ रुपैयाँ ९ पैसा, साउदी रियाल एकको खरिददर ३८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८४ पैसा, तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७० पैसा र बिक्रीदर ३९ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४ रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ६ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ र बिक्रीदर १६ रुपैयाँ ७ पैसा, तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८९ पैसा र बिक्रीदर २२ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ४७ पैसा, तथा ओमानी रियाल एकको खरिददर ३७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५२ पैसा निर्धारण गरेको छ ।

यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुनसक्ने र अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया