
ललितपुर - National Avian Research Program अन्तर्गत अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु पुष्टि भएपछि करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
गत चैत अन्तिम साता देखिएको बर्डफ्लु संक्रमणका कारण बाराको परवानीपुरस्थित कार्यक्रमअन्तर्गत पालिएका विभिन्न प्रजातिका पन्छी, अण्डा तथा दाना नष्ट गर्नुपरेको हो ।
कार्यक्रमका सूचना अधिकारी खमबहादुर प्रजाका अनुसार सुरुमा टर्की जातका पन्छीमा बर्डफ्लु देखिएको थियो। त्यसपछि क्रमशः अन्य प्रजातिका पन्छीमा पनि संक्रमण फैलिएको बताए ।
उनले भने, “टर्की जातको पन्छीमा बर्डफ्लु देखिएपछि एकपछि अर्को गर्दै फार्ममा पालिएका अन्य प्रजातिका पन्छीमा पनि संक्रमण देखियो। त्यसपछि सबै पन्छी, अण्डा र दाना नष्ट गर्नुपर्यो ।
कार्यालयका अनुसार बर्डफ्लुका कारण करिब दुई हजार कुखुराका चल्ला, १२ सयभन्दा बढी गिरीराजलगायत कुखुरा, ३३ वटा तित्रा, ४७ वटा सेतो तथा कालो टर्की र करिब ४५० वटा बट्टाई नष्ट गरिएको छ ।
त्यस्तै एल–वान ८३५ किलोग्राम, एल–टु ४५५ किलोग्राम र एल–थ्री एक हजार ८३५ किलोग्राम दाना पनि नष्ट गरिएको जनाइएको छ ।
हाल संक्रमित फार्म क्षेत्रमा चुना छर्किने, मल पुर्ने र आगोको ताप प्रयोग गरी निर्मलीकरण गर्ने काम भइरहेको सूचना अधिकारी प्रजाले जानकारी दिए।
उनका अनुसार यसअघि कृषकलाई वितरण गरिएका विभिन्न प्रजातिका पन्छी पुनः संकलन गर्ने प्रयास भइरहेको छ। साथै National Avian Research Program र National Avian Research Program बाट आवश्यक पन्छी तथा अण्डा ल्याएर कार्यक्रम पुनः सञ्चालन गर्ने तयारी अघि बढाइएको छ ।

बिजनेस पाटी












