वैशाखसम्म सरकारको बजेट खर्च करिब ६० प्रतिशत, पुँजीगत खर्च अझै सुस्त

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ १
|
102 views

ललितपुर - चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारले वार्षिक विनियोजनको करिब ६० प्रतिशत बजेट खर्च गरेको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार पछिल्ला १० महिनामा रु ११ खर्ब ७३ अर्ब ५२ करोडभन्दा बढी बजेट खर्च भएको छ। चालु आवका लागि सरकारले रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो ।

    चालुतर्फ विनियोजित रु ११ खर्ब ८० अर्बमध्ये हालसम्म ६८.९८ प्रतिशत अर्थात् रु ८ खर्ब १४ अर्ब खर्च भएको छ। तर पुँजीगत खर्च भने अझै सुस्त देखिएको छ । पुँजीगततर्फ विनियोजित रु ४ खर्ब ७ अर्बमध्ये हालसम्म २७.९१ प्रतिशत मात्रै खर्च भएको छ, जुन रकम रु १ खर्ब १३ अर्ब ८४ करोड बराबर हो ।

      वित्तीय व्यवस्थातर्फ भने ६५.३० प्रतिशत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

      यता, सरकारको आम्दानी पनि लक्ष्यअनुसार हुन सकेको छैन। वैशाख मसान्तसम्म वार्षिक आम्दानी लक्ष्यको ६६ प्रतिशत मात्रै प्राप्त भएको छ । सरकारले हालसम्म रु १० खर्ब १२ अर्बभन्दा बढी आम्दानी गरेको छ।

      राजस्वतर्फ सरकारले चालु आवमा रु १४ खर्ब ८० अर्ब उठाउने लक्ष्य राखेको भए पनि हालसम्म रु ९ खर्ब ८८ अर्ब मात्रै संकलन भएको छ । त्यस्तै, वैदेशिक अनुदानतर्फ सरकारले लक्ष्यको ३३.२८ प्रतिशत मात्रै प्राप्त गरेको देखिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube