त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन ५
|
1.6k views

ललितपुर - काठमाडौंको त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी भएको छ ।

त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकैको सडकमा यात्रुवाहक बसमा आगलागी भएको हो ।

      काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गरे ।

      ‘बस आगलागी भएको भन्ने खबर आएको छ । किन, कसरी आगलागी भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ,’एसपी सुवेदीले भने ।

      आगलागीबाट भएको क्षति तथा घटनाको कारणबारे थप विवरण आउन बाँकी छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube