ब्रेक फेल भएर बस दुर्घटना: १५ घाइते, नामावली सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
918 views

ललितपुर - ललितपुर – कटारी बाट गाईघाट आउँदै गरेको बा. २ ख ६२५७ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । उदयपुरगदी गाउँपालिका–७ स्थित अँधेरी, जोगीटोलमा रहेको मदन भण्डारी लोकमार्ग मा ब्रेक फेल भएपछि बस सडकबाट करिब ४० फिट तल खसेको थियो ।

दुर्घटना अपरान्ह १२ बजेतिर भएको हो । घाइतेहरूको उपचार उदयपुर अस्पताल मा भइरहेको छ । केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । सशस्त्र प्रहरी बल नेपाल का अनुसार घाइतेहरूको अवस्था निगरानीमा छ र उद्धार कार्य समयमै सम्पन्न गरिएको छ ।

      प्रहरीले बसका चालक ४५ वर्षीय विक्रम राईलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल भएकै कारण दुर्घटना भएको देखिएको छ ।

      घाइतेहरूको अवस्था

      • अधिकांशको अवस्था सामान्य
      • दुई–तीन जनाको अवस्था गम्भीर
      • उपचार जारी

      सडक सुरक्षा र सवारी मर्मतमा ध्यान नदिँदा यस्ता दुर्घटना दोहोरिने जोखिम रहन्छ ।

      घाइतेहरूको नामावली :-

      1. मणिका मगर – उदयपुर त्रिनपा ११ (अवस्था सामान्य)
      2. अनिता चौधरी – उदयपुर कटारी नपा ४ (टाउको र शरीरमा चोट)
      3. सोममाया मगर – उदयपुरगदी गापा ७ (टाउकोमा चोट, अवस्था गम्भीर)
      4. प्रकाश भुजेल – उदयपुर ताप्ली गापा ५ (शरीरमा चोट)
      5. रेशिका बस्नेत – उदयपुर त्रिनपा ७ चुहाडे (सामान्य)
      6. तिलक बस्नेत – उदयपुर रौतामाई गापा ७ (सामान्य)
      7. दिपेश तामाङ – उदयपुर उदयपुरगदी गापा (सामान्य)
      8. पवित्रा श्रेष्ठ – उदयपुर कटारी नपा ४ (सामान्य)
      9. रेश्मा बस्नेत – उदयपुर त्रियुगा नपा ५ (सामान्य)
      10. सोममाया परियार – उदयपुर कटारी नपा २ (गम्भीर घाइते)
      11. नितेश बुढाथोकी – उदयपुर कटारी नपा ३ (सहचालक, सामान्य)
      12. दलबहादुर तामाङ – उदयपुर कटारी नपा ५ (शरीरमा चोट)
      13. प्रेम तामाङ – उदयपुर कटारी नपा ४ (सामान्य)
      14. सुवास नेपाली – उदयपुर ताप्ली गापा ५ (सामान्य)
      15. सुजन तामाङ – उदयपुर कटारी नपा ४ (सामान्य)
       पात्रो/राशिफल  रेडियो YouTube