|
|
२०८२ माघ १६
1.1k views
ललितपुर – नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान यात्रु बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाले उपचारपछि घर फर्किएका छन् ।
भरतपुर महानगरपालिका– २९ स्थित घुमाउनेमा दाङबाट काठमाडौँतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–१०० ख ०४६० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
दुर्घटनामा घाइते भएका अन्य यात्रुहरूको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १७ जना र चितवन मेडिकल कलेज भरतपुरमा पाँच जनाको उपचार जारी छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया