२०८२ चैत्र १५ | Mar 29, 2026

व्यापार घाटा उच्च: सात महिनामा आयात रु ११ खर्ब भन्दा बढी

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ९
|
459 views

ललितपुर – भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा वैदेशिक व्यापार रु १२ खर्ब ९१ अर्बभन्दा बढी पुगेको छ । आयात रु ११ खर्ब २३ अर्ब र निर्यात रु १ खर्ब ६८ अर्ब मात्र हुँदा व्यापार घाटा झन्डै रु ९ खर्ब ५५ अर्बमा पुगेको तथ्यांकले देखाएको छ ।

भारतसँग व्यापार घाटा रु ४ खर्ब ९१ अर्ब नाघेको छ भने चीनसँग पनि घाटा रु २ खर्ब ३४ अर्बभन्दा बढी छ । अर्जेन्टिना, यूएई र इन्डोनेसियासँग समेत ठूलो घाटा देखिएको छ। उल्टोतर्फ रोमानिया, नर्वे र आइसल्याण्डसँग भने थोरै व्यापार नाफा रहेको विभागको विवरण छ ।

पेट्रोलियम आयात सबैभन्दा धेरै रहेको छ—डिजेल, पेट्रोल र ग्यासमा मात्रै अर्बौं रुपैयाँ बाहिरिएको छ। फलाम, स्मार्टफोन, सोयाबिन तेल र सुनजस्ता वस्तुको आयात पनि उच्च छ । निर्याततर्फ सोयाबिन तेल, अलैँची र सूर्यमुखी तेल प्रमुख रहेका छन् । व्यापार सन्तुलन सुधार र निर्यात प्रवर्द्धन अहिलेको मुख्य चुनौती देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया