२०८२ फाल्गुन ६ | Feb 18, 2026

मन्त्रिपरिषद् बैठक – बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा पौडेल

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १२
|
1.2k views

ललितपुर ।सरकारले नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा काम गर्नका लागि सचिव चन्द्रकला पौडेललाई तोक्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्ने गरी तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन् ।

त्यस्तै बैठकले सुतिखोला जलविद्युत आयोजना, तामाकोशी पाचौं जलबिद्युत आयोजना, माथिल्लो संखुवासभा जलविद्युत् आयोजना र सेतिखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय पनि भएको प्रवक्ता अर्यालले बताए। 

फेसबुकबाट तपाईको प्रतिक्रिया