२०८२ फाल्गुन २ | Feb 14, 2026

मतदाता जिज्ञासाका लागि निर्वाचन आयोगको ‘कल सेन्टर’ सञ्चालन

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ७
|
1.1k views

ललितपुर – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले यसपटक पनि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ ।

कान्तिपथस्थित आयोगको कार्यालयबाट सञ्चालन हुने कल सेन्टरमा मतदाता, नागरिक र सरोकारवालाले निर्वाचनसम्बन्धी जिज्ञासा राख्न सक्नेछन्। छ डेस्क रहेको केन्द्र बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म खुला रहनेछ ।

जनताले निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरेर जानकारी लिन सक्नेछन् । आयोगले एकैपटक १५ जना सम्मले फोन गर्दा पनि कल होल्डमा नपर्ने व्यवस्था मिलाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया