|
|
२०८२ चैत्र ५
2.4k views
भक्तपुरको नगरकोट जाने सडक खण्डमा मोटरसाइकल चालकहरूमाथि कुटपिट गर्ने कार चालक पक्राउ परेका छन् ।
शनिबार ओभरटेकको विषयमा विवाद हुँदा मोटरसाइकल चालक विशाल तामाङ र लक्सकुमार राईमाथि कुटपिट भएको थियो। सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा बागमती बीएसी ५२८१ नम्बरको कारका चालक संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण–६ का ४१ वर्षीय गणेशबहादुर तामाङ रहेका छन्। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बिहीबार पक्राउ गरेको हो ।
पीडित युवाहरूले यसअघि नै भक्तपुरमा उजुरी दिएका थिए । पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि भक्तपुर प्रहरीमा पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया