छायाँ सेन्टर भत्काउन माग गर्दै सम्पदाप्रेमीहरूको प्रदर्शन

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २४
|
51 views

ललितपुर - काठमाडौंको ठमेलस्थित छायाँ सेन्टर भत्काउन माग गर्दै सम्पदाप्रेमीहरूले प्रदर्शन गरेका छन् ।

ठमेलको सार्वजनिक कमलपोखरी मासेर छायाँदेवी कम्प्लेक्स निर्माण गरिएको आरोप लगाउँदै प्रदर्शनकारीहरूले उक्त संरचना तत्काल भत्काउन माग गरेका हुन् ।

      सम्पदा संरक्षण नेपाल का सभापति कबिर डंगोल लगायत अभियन्ताहरूले माइतीघर क्षेत्रमा सर्वोच्च अदालततर्फ फर्केर प्रदर्शन गरेका थिए ।

      उनीहरूले ऐतिहासिक तथा सांस्कृतिक सम्पदा मासेर बनाइएका कंक्रीट संरचना हटाउनुपर्ने माग गर्दै सार्वजनिक सम्पदाको संरक्षणमा राज्य गम्भीर हुनुपर्ने बताएका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube