चीनको मौसम विज्ञान विभागले सोमबार भारी वर्षा, चुनौतीपूर्ण मौसम र बाक्लो कुहिरोको चेतावनी जारी गर्दै आँधी बेहरीले देशको दक्षिणी क्षेत्रहरूमा असर गरिरहेको जनाएको छ ।
मौसम पूर्वानुमानका अनुसार सोमबार देखि मङ्गलबार सम्म, चीनका केही भागहरू, याङ्जी नदीको दक्षिणका क्षेत्रहरूमा असिनापानी सहित गम्भीर मौसमीको प्रकोपको संभावना रहेको छ ।
विशेष गरी चीनको हुनान, जियाङ्सी, गुइझोउ र गुआङडोङका केही भागका विभिन्न स्थानहरूमा आँधी–बेहरी आउन सक्ने पूर्वानुमान गरिएको छ ।
दक्षिण चीनको गुआङ्सी, गुआङ्डोङ, दक्षिणी हुनान, दक्षिणी जियाङ्सी, पश्चिमी फुजियान, दक्षिणी चोङ्खिङ र उत्तरी गुइझोउ जस्ता क्षेत्रहरूमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
यसै बीच सोमबार बाक्लो कुहिरोको कारण मध्य हुनान, उत्तर–मध्य जियाङसी, पूर्वी चीनको दक्षिणी झेजियाङ, उत्तर–मध्य फुजियान र उत्तरी गुआङसी प्रभावित छन्, भने केही स्थानहरूमा दृश्यता २०० मिटर भन्दा कम भएको जनाइएको छ ।
बासिन्दाहरूलाई यातायात, कृषि र सवारी आवागमनमा मौसमी प्रभावको विरुद्ध सावधानी अपनाउन र आकस्मिक बाढी– पहिरो जन्य प्रकोपप्रति सतर्क रहन सल्लाह सझाव दिएको छ ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया