मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ५
|
204 views

ललितपुर - जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रका दुई वटा सहरमा १५९ जनाको मृत्यु हुनुका साथै १० जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले शुक्रबार घोषणा गरेका छन् ।

प्रभावित सहरहरूमा आयोजित प्रकोपपछिको उद्धार तथा निर्माण कार्यक्रमको तथ्याङ्कअनुसार चक्रवात मेसाकले निम्त्याएको भारी वर्षाले गर्दा आएको बाढीले क्षेत्रीय राजधानी नान्निङ र गुइगाङ्गमा १६ लाख ५० हजारभन्दा बढी मानिसहरू प्रभावित भएका छन् ।

यी दुई सहरले विपत्ति पछिको पुनःप्राप्ति र पुनर्निर्माणका साथै विपद् रोकथाम, न्यूनीकरण र राहत क्षमता बढाउनमा आफ्नो ध्यान केन्द्रित गरिरहेको जनाएका छन् ।

जुलाईको सुरुमा ऐतिहासिक रूपमा लामो समयसम्म भएको भारी वर्षाले गुआङ्सीलाई सताएको थियो भने मेसाक चक्रवातले यस क्षेत्रलाई बगाएर गम्भीर बाढी निम्त्यायो ।

       पात्रो/राशिफल  रेडियो YouTube