चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन ५
|
306 views

ललितपुर - दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको एक कपडा कारखानामा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार आइतबार दिउँसो करिब ३ बजे कारखानामा आगलागी भएको थियो। आगलागीपछि उद्धार तथा राहत कार्य तत्कालै सुरु गरिएको थियो ।

      घटनास्थलमा उद्धार कार्य अझै जारी रहेको अधिकारीहरूले बताएका छन् । आगलागीको कारणबारे भने तत्काल विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।

       पात्रो/राशिफल  रेडियो YouTube