चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

BusinessPati बिजनेस पाटी
|
२०८३ असार ३०
|
408 views

ललितपुर - चितवन जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत खर्च भएको छ ।

चितवन बिकासका लागि प्राप्त १० अर्ब २१ करोड ८५ लाखमध्ये पाँच अर्ब ९६ करोड ९३ लाख खर्च भएको हो ।

      कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका प्रमुख भिमार्जुन ज्ञवालीले पूँजीगततर्फ बजेट खर्च कम हुनुमा निर्धारित समयमा ठेक्काको काम सम्पन्न नहुनु मुख्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बोलपत्रदाताले कम रकममा ठेक्का सकार्नु र निर्माणको काम ढिला हुनु मुख्य रहेको छ ।’

      चालुतर्फ १४ अर्ब १८ करोड ४८ लाखमध्ये १३ अर्ब ५० करोड ३७ लाख खर्च भएको छ । स्थानीय तहमा जाने अनुदान रकम चालु बजेटतर्फ आउने भएकाले चालु खर्चको रकम धेरै देखिने गरेको हो

       पात्रो/राशिफल  रेडियो YouTube