ललितपुर – म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरूले पुराना चुनावी शैली परिवर्तन गर्दै डिजिटल प्रचार र प्रत्यक्ष भेटघाटमा जोड दिएका छन् ।
विगतमा भित्तामा टाँसिने ठूला पोस्टर–पम्प्लेट र ठूला चनावी सभा को साटो, यसपटक टोल–बस्तीमा घरदैलो, साना कार्यक्रम र प्रत्यक्ष छलफलमा बढी ध्यान दिइएको छ ।
साथै, सामाजिक सञ्जालमार्फत ‘डिजिटल प्रचार सामग्री’ को प्रयोगलाई प्राथमिकता दिइएको छ । उम्मेदवार, नेता र कार्यकर्ताहरूले फेसबुक, टिकटक, युट्युबमा भिडियो पोस्ट, प्रत्यक्ष प्रसारण गर्दै प्रचार गरिरहेका छन् ।
स्वतन्त्र उम्मेदवार महावीर पुनले हाते माइकमार्फत टोल–टोलमा प्रत्यक्ष जनसुनवाई गर्दै प्रचार गरिरहेका छन् ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा (माओवादी) लगायतका उम्मेदवारहरू प्रत्यक्ष भेटघाट र डिजिटल प्रविधि दुवै माध्यममा सक्रिय छन् ।
उम्मेदवारहरूले सडक, खानेपानी, शिक्षा, कृषि, स्वास्थ्य सेवा, रोजगारी लगायतका स्थानीय विकास मुद्दालाई प्राथमिकता दिएका छन् ।
निर्वाचनको डिजिटल प्रचार वृद्धि सँगै साइबर सुरक्षा चुनौती र सामाजिक सञ्जाल दुरुपयोगको निगरानी पनि बढेको छ ।
म्याग्दीमा ८६,३९७ मतदाता, ८२ मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया