|
|
२०८२ माघ १५
1.1k views
ललितपुर - आगामी प्रतिनिधि सभा निर्वाचनको समयमा आचारसंहिता उल्लङ्घनका घटना हुन नदिन गृह मन्त्रालयले कडाइ गरेको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पठाउँदै निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र निरन्तर अनुगमन गर्न निर्देशन दिएको हो ।
गृह मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालयहरूले आचारसंहिता कार्यान्वयनका क्रममा गरेका कामको विवरण नियमित रूपमा मन्त्रालयमा पठाउनु पर्नेछ ।
निर्वाचन आयोगले यही माघ ४ गतेदेखि प्रतिनिधि सभा सदस्य निर्वाचन आचारसंहिता लागू गरिसकेको छ ।

बिजनेस पाटी