ललितपुर – प्रमुख राजनीतिक दलले जलवायु परिवर्तनको मुद्दा आफ्ना घोषणापत्रमा प्राथमिकताका साथ समावेश गरेका छन् । नेपाल जोखिमयुक्त देश भएकाले हिमाली क्षेत्र र ग्रामीण जनजीवन प्रभावित भइरहेको कारण यस विषयलाई विशेष महत्व दिइएको छ ।
नेपाली कांग्रेस र नेकपा (एमाले) ले जलवायु परिवर्तन अनुकूल नीतिहरूलाई प्रतिज्ञापत्रमा स्पष्ट समावेश गरेका छन्। अन्य दलहरूले पनि यस विषयलाई साझा प्राथमिकता भएको स्पष्ट पारेका छन् ।
हिमालमा हिउँको कमी, वर्षा असन्तुलन र पानीको मुहान सुक्दै गएको विषयलाई ध्यानमा राखेर जलवायु अनुकूल कार्यक्रम आवश्यक रहेको उल्लेख छ ।
नेकपाले जैविक विविधतामा आधारित वातावरणमैत्री कृषि प्रणाली, हरित अर्थतन्त्र प्रवर्द्धन, कार्बन मूल्य निर्धारण र नेट जिरो उत्सर्जन लक्ष्यलाई आफ्नो प्रतिवद्धतामा राखेको छ ।
कांग्रेसले ऊर्जा, यातायात, उद्योग र पूर्वाधार क्षेत्रमा संरचनागत सुधार गरी सन २०४५ सम्म नेटजिरो उत्सर्जन राष्ट्र बन्ने लक्ष्य, स्वच्छ र नवीकरणीय ऊर्जाको प्रयोग, हरित विकास र वातावरणीय मापदण्ड कडा लागू गर्ने प्रतिबद्धता प्रस्तुत गरेको छ ।
एमालेले नवीकरणीय ऊर्जाको उत्पादन, प्रसारण र वितरण, पानीका मुहान संरक्षण, जैविक विविधता र जलाधार संरक्षण, मानव क्रियाकलापसँग सन्तुलन कायम गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले जलवायु अनुकूलनलाई विकास योजना, बजेट र पूर्वाार डिजाइनसँग जोड्ने, जलवायु वित्त र अन्तर्राष्ट्रिय कोषबाट क्षतिपूर्ति प्राप्त गर्ने, हिमाल र पर्यावरण जोगाउने रणनीति आफ्नो वाचापत्रमा समावेश गरेको छ ।
अन्न्य दलहरू जस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टीले पनि जलवायु परिवर्तन मुद्दालाई घोषणापत्रमा समावेश गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया