छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण १५
|
765 views

ललितपुर - मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा रु एक अर्ब ७९ करोड २८ लाख १८ हजार बराबरको छुर्पी निर्यात भएको छ ।

अन्तरराष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर बढ्दै जाँदा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा निर्यात करिब २७ प्रतिशतले वृद्धि भएको हो ।

      मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा रु एक अर्ब ४१ करोड ७१ लाख चार हजार बराबरको छुर्पी निर्यात भएको थियो ।

      उक्त कार्यालयका सूचना अधिकारी माङ्कल राईका बितेका पाँच वर्षदेखि छुर्पीको निर्यात निरन्तर बढिरहेको छ । छुर्पी कुकुर र बिरालोका लागि आहारका रूपमा प्रयोग हुने गरेको छ । विशेष गरी इलाम, पाँचथर र ताप्लेजुङमा छुर्पी उत्पादन हुने गरेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube