जङ्गली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २७
|
204 views

ललितपुर - झापाको बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीमा जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् ।

तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जंगलबाट ल्याइएको च्याउ पकाएर खाएपछि स्वास्थ्य समस्या देखिएको प्रहरीले जनाएको छ ।

      बिरामी पर्नेहरूमा ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवाससहित आठ जना बालबालिका रहेका छन् ।

      उनीहरूलाई सुरुमा प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको थियो भने प्रारम्भिक उपचारपछि नौ जनालाई थप उपचारका लागि दमकस्थित बाल अस्पताल पठाइएको छ । प्रहरीका अनुसार बिरामीमध्ये दुई जनाको अवस्था मध्यम र बाँकीको अवस्था सामान्य रहेको छ ।

      यसैबीच, प्रहरीले पहिचान नभएका जङ्गली च्याउ नखान सर्वसाधारणलाई आग्रह गर्दै यस्ता च्याउले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्ने चेतावनी दिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube