ग्लोबल मनि विकमा सिटिजन्स बैंकका वित्तीय साक्षरता कार्यक्रमबाट ६ हजार लाभान्वित

BusinessPati बिजनेस पाटी
|
२०८३ असार ५
|
204 views

ललितपुर - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा देशका सातै प्रदेशमा वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ । ‘स्मार्ट मनी टक्स २०२६’ भन्ने मूल नारासहित चैत २ देखि ८ गतेसम्म सञ्चालन गरिएका कार्यक्रममा करिब ६ हजार सर्वसाधारण लाभान्वित भएको बैंकले मंगलबार जनाएको हो ।

बैंकका अनुसार देशभर रहेका आफ्ना १०८ शाखा कार्यालयमार्फत विद्यालय, कलेज तथा समुदायस्तरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा युवा तथा विद्यार्थीलाई वित्तीय साक्षरताको आवश्यकता, सुरक्षित बैंकिङ अभ्यास, विद्युतीय बैंकिङसँगै बढ्दै गएको साइबर अपराध तथा वित्तीय जोखिमबारे जानकारी गराइएको थियो ।

      यसका साथै नगद कारोबार, विप्रेषण तथा अन्य वित्तीय कारोबार गर्दा औपचारिक बैंकिङ प्रणालीको प्रयोग गर्न आग्रह गरिएको बैंकले जनाएको छ । बैंकिङ प्रणालीको प्रयोगले वित्तीय प्रणाली थप मजबुत हुने र युवा पुस्तामा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

      सिटिजन्स बैंकले हालै फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड, ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सरलाई लक्षित ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको जानकारी दिएको छ । साथै मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन, सीआरएन नम्बर सेवा तथा क्रस बैंक टेलर क्यूआरमार्फत नगद प्राप्त गर्न सकिने सुविधा पनि उपलब्ध गराएको बैंकले जनाएको छ ।

      हाल सिटिजन्स बैंकले ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube