|
|
२०८२ फाल्गुन २२
561 views
ललितपुर - ललितपुर –कैलाली–१ मा जारी मतगणनामा नेपाली कांग्रेस ले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार जनक चौधरी ले ३ सय ४८ मतसहित अग्रता कायम गरेका छन् । हालसम्म १ हजार १ सय ६४ मत गणना गरिएको छ ।
यसैगरी स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले २ सय ४१ मत प्राप्त गरेका छन् । रेशम चौधरी को उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले उनलाई समर्थन गरेको थियो ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी कोमल ज्ञवालीले पनि २ सय ४१ मत प्राप्त गरेकी छन् ।
चौथो स्थानमा नेपाल कम्युनिस्ट पार्टीका रामलाल डंगौरा ले ९९ मत प्राप्त गरेका छन् भने पाँचौँ स्थानमा रहेका नेकपा एमालेका द्वारिका न्यौपाने ले ६८ मत प्राप्त गरेका छन् ।

बिजनेस पाटी