|
|
२०८२ फाल्गुन २९
408 views
ललितपुर - ललितपुर – नेपाली कांग्रेसले भोलि समानुपातिक तर्फको उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । पार्टीको महामन्त्री गुरुराज घिमिरेका अनुसार, बन्दसूचीमा रहेका नामहरूबाट क्लस्टर मिलाएर सबैको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी छलफल भइरहेको छ ।
गुरुराज घिमिरेले भने, अहिलेसम्म पठाउने व्यक्तिको नाम टुङ्गिएको छैन, तर भोलिसम्म आयोगमा नाम बुझाउने तयारी गरिरहेका छौँ । हामी क्लस्टर मिलाएर सबैको प्रतिनिधित्व हुने गरी नाम तयार गर्दैछौँ ।
पार्टी हाल समानुपातिकतर्फको नामबारे गृहकार्यमा केन्द्रित रहेको बताइएको छ । यसअघि प्रत्यक्षमा १८ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ १७ लाख ५९ हजार १७२ मत ल्याएर ३८ सीट पाएको छ ।

बिजनेस पाटी