कांग्रेस केन्द्रीय समिति बैठक आइतबारसम्म स्थगित, थापाको राजीनामा असहमति

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ६
|
816 views

ललितपुर - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । आजदेखि सुरु भएको बैठक आइतबार बिहान ८ बजे बस्नेगरी स्थगित भएको सहमहामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन् ।

बैठकमा पार्टी सभापति गगन कुमार थापाले दिएको राजीनामापत्र प्रस्तुत गरिएको थियो । उक्त राजीनामाप्रति अधिकांश केन्द्रीय सदस्यहरूले असहमति जनाएको प्रवक्ता देवराज चालिसेले बताएका छन् ।

      यसैबीच, उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन पराजयको कारण समेटिएको समीक्षा प्रतिवेदन पेश गरेका थिए ।

      आजको बैठकमा सोही प्रतिवेदनमाथि केन्द्रित भएर छलफल भएको नेताहरूले बताएका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube