संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख ४
|
255 views

ललितपुर - नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका सांसदहरुको बैठक बस्ने भएको छ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिले कांग्रेसका सांसदहरुसँग छलफल गर्न लागेको हो ।

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले दलको नेताबारे छलफल गर्न पार्टीका सांसदको बैठक बोलाएको जानकारी दिनुभयो ।

बैठक दिउँसो ३ः०० बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने संयोजक स्नेहीले बताउनुभयो । कांग्रेस संसदीय दलको नेताका लागि पार्टीका नेता अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, इन्जिनियर मोहन आचार्यलगायत आकाङ्क्षी हुनुहुन्छ ।

 पात्रो/राशिफल  रेडियो YouTube