|
|
२०८२ फाल्गुन ८
153 views
ललितपुर - ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले कार्यविधि–२०८२ पारित गरेको छ ।
समितिका संयोजक तारामान गुरुङको नेतृत्वमा सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले उक्त कार्यविधि अनुमोदन गरेको जानकारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएका छन् ।
साथै, बैठकमा कपिलवस्तुलगायत केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका व्यक्ति, प्रस्तावक–समर्थक तथा अनुशासनविपरीत क्रियाकलापमा संलग्न सदस्यबारे छलफल गरिएको कांग्रेसले जनाएको छ ।

बिजनेस पाटी