निर्वाचन लक्षित कांग्रेसको आमसभा आज

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १५
|
459 views

ललितपुर - ललितपुर –  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले पोखरामा आमसभा आयोजना गरेको छ ।

पोखराको अमरसिंहचौरमा हुने आमसभालाई सभापति गगनकुमार थापा तथा उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने जानकारी पार्टीका सहसचिव एवं प्रवक्ता नविन सिग्देलले दिनुभयो ।

प्रदेशका १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवार, नेता तथा कार्यकर्ता आमसभामा सहभागी हुने जनाइएको छ ।

आमसभामार्फत बदलिएको कांग्रेसको विचार, नीति, कार्यशैली तथा आगामी योजनाबारे जनतालाई प्रत्यक्ष सन्देश दिइने बताइएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा दलहरूले प्रचारप्रसार तीव्र बनाएका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube