गर्मी याम सुरु भएसँगै चितवनमा डढेलो त्रास

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १०
|
459 views

ललितपुर - ललितपुर – बरण्डाभार क्षेत्र जिल्लामा वन्यजन्तुको मुख्य बासस्थानका रूपमा रहेको बरण्डाभार क्षेत्र डढेलोको उच्च जोखिममा रहेको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देविप्रसाद पौडेलका अनुसार डढेलोको जोखिममा रहेका जिल्लामध्ये चितवन जिल्ला १० वटाभित्र पर्ने र गर्मी बढेसँगै जोखिम झन् बढेको छ । मुख्यतः फागुनदेखि जेठसम्म डढेलोको उच्च जोखिम रहने गरेको छ ।

बरण्डाभार क्षेत्रमा माइकेनियालगायत झाडीले ढाकेको र गर्मी समयमा यो झार चाँडो सुक्ने भएकाले डढेलोको सम्भावना बढेको हो । सालका पातहरू झरेर सुक्ने हुँदा पनि जोखिम बढेको छ,’ पौडेलले भन्नुभयो । डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण, समुदायमा सचेतना फैलाउने र सामुदायिक वनका उपभोक्तालाई तयारी अवस्थामा रहन आग्रह गर्ने काम भइरहेका छन् ।

    कार्यालय मातहतका सामुदायिक, कबुलियती र धार्मिक वनमा अग्निरेखा निर्माण सुरु गरिएको छ । सडक आसपासका झाडी सरसफाइ, अग्नि नियन्त्रणका सामग्री खरिद तथा चार हजार लिटर क्षमताको वाटर ट्याङ्क जडित ट्याक्टर तयारी अवस्थामा राखिएको छ ।

      सबडिभिजन स्तरमा वन डढेलो नियन्त्रण सञ्जाल गठन तथा परिचालनको काम भइरहेको छ । आमसञ्चार माध्यमबाट सूचना प्रवाह र जनतालाई सचेत गराउने अभियानसमेत सञ्चालन गरिएको छ ।

      कार्यालयअन्तर्गत १० हजार ३०२ हेक्टर क्षेत्रफलमा पूर्व–पश्चिम राजमार्ग तथा नारायणगढ–मुग्लिन सडक खण्डलगायत विभिन्न सडक पर्ने भएकाले आवतजावत गर्ने व्यक्तिले चुरोटको ठुटा ननिभाई फाल्ने वा घाँस पलाउने उद्देश्यले आगो लगाउने कार्यले डढेलोको जोखिम बढाउने गरेको पौडेलले बताउनुभयो ।

      आसन्न प्रतिनिधिसभा निर्वाचनपछि अग्नि हेरालु नियुक्ति र वनरक्षक परिचालनलाई तीव्र बनाइने जनाइएको छ । कार्यालय मातहत ९३ सामुदायिक वन, ४०० कबुलियती वन र सात धार्मिक वन रहेका छन्, जहाँ डढेलो नलागोस् भनेर व्यापक सचेतना र तयारी गरिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube