प्रदेश प्रमुखसमक्ष दलित आयोगको प्रतिवेदन पेस

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ ३
|
153 views

ललितपुर - कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगको पाँचाैँ वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

प्रदेश प्रमुख खापुङलाई आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम पाँचौँ वार्षिक (आव २०८१/८२) प्रतिवेदन पेस गर्नुभएको हो ।

प्रमुख खापुङले दलित समुदायमा माथि हुने विभेद अन्त्यका लागि कानुनको कडाइका साथ कार्यान्वयन हुनु आवश्यक रहेको धारणा राख्नुभयो । आयोगका सदस्य सुन्दर पुर्कोटीले दलितमाथि हुने विभेद र छुवाछुत अन्यका लागि तीन तहको सरकारले वर्ममान कानुन कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube