२०८२ चैत्र २१ | Apr 04, 2026

दाङमा बस पल्टिँदा सात जना घाइते

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
408 views

ललितपुर – दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । लमहीबाट घोराही उपमहानगरपालिकातर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको बस आज दुर्घटना हुँदा चार पुरुष र तीन महिला घाइते भएका हुन् ।

दुर्घटना घोराही उपमहानगरपालिका–३ चिसापानी मसोट नजिक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया