ललितपुर । ऋषिराज आचार्य निर्देशित चलचित्र ‘द्रौपदी’ले अमेरिकामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । ‘द स्टोरीटेलर युनिभर्स’ कार्यक्रममा ‘द्रौपदी’ ले ‘उत्कृष्ट दक्षिण एसियाली चलचित्र’ अवार्ड जितेको हो । उक्त कार्यक्रममा निर्देशक आचार्य आफै सहभागी थिए । अवार्ड प्राप्त गरेपछि उनले यसबाट नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा थप उचाइमा पुर्याउन मद्दत मिल्ने प्रतिक्रिया दिएका छन् । यसैगरी चलचित्र Ignis Oppidum ले बेस्ट साइन्स फिक्सन चलचित्रको अवार्ड पाएको थियो भने lessons from 100 ले बेस्ट डकुमेन्ट्री फिचरको अवार्ड पाएको थियो । फेस्टिभलमा २० बिधामा अवार्ड प्रदान गरिएको हो ।

२०८१ चैतमा नेपालमा सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘द्रौपदी’ कर्णालीमा रहेको बहुपति प्रथाको कथामा बनेको चलचित्र हो । डोल्पाको शे–फोक्सुण्डो ताल लगायत कर्णालीको विभिन्न रमणीय स्थलहरूमा छायाङ्कन भएको चलचित्रमा रवि ओड, जेएलसन अधिकारी, आश्विनी शाही, कविराज भाम, सुजाता तिमल्सिना, विष्णु ठडराई , प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र निर्देशक आचार्यको अभिनय छ । यसैबीच चलचित्र ‘द्रौपदी’ २४ जनवरी शनिवार टेक्ससको अर्बिनमा प्रदर्शन हुँदै छ ।

विशेष कथामा विशेष चलचित्र भएका कारण विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरूमा परेर समेत चर्चामा रहेको हालसम्म नौ वटा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भैसकेको चलचित्र ‘द्रौपदी’ भेटघाट रेस्टुरेन्टमा बेलुकी २ बजेदेखि ४ बजेसम्म विशेष प्रदर्शन हुँदै छ । लक्ष्मण सुवेदी र लोकराज अधिकारी चलचित्रका प्रचारप्रसार सल्लाहकार हुन् भने अन्तर्राष्ट्रिय प्रचारप्रसार लेखनाथ गौतमले गर्दै छन् । । चलचित्र प्रदर्शनमा लेखनाथ गौतमका साथै सुदूर पश्चिमेली समाज लगायतको सहयोग रहनेछ ।




















फेसबुकबाट तपाईको प्रतिक्रिया