बिर्तामोडको उद्योगमा करेन्ट लागेर मजदुरको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २७
|
408 views

ललितपुर - ललितपुर – बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा विद्युत चुहावट (करेन्ट) लागेर एक मजदुरको मृत्यु भएको छ ।

ओमकार रेडिमेड कङ्क्रिट प्रालिमा कार्यरत शिवसताक्षी नगरपालिका–४ का २८ वर्षीय राजीव राजवंशी मिक्चर मेसिन सफा गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काका अनुसार मिक्चर मेसिनमा हिल्टी प्रयोग गर्दा ‘करेन्ट सर्ट’ भई विद्युत प्रवाह हुँदा उनी घाइते भएका हुन् ।

घाइते राजवंशीलाई उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube